देहरादुन
देहरादुन | |
---|---|
उपनाम: दुन | |
निर्देशाङ्क: ३०°२०′४२″N ७८°०१′४४″E / ३०.३४५°N ७८.०२९°Eनिर्देशाङ्कहरू: ३०°२०′४२″N ७८°०१′४४″E / ३०.३४५°N ७८.०२९°E | |
देश | भारत |
राज्य | उत्तराखण्ड |
जिल्ला | देहरादुन जिल्ला |
क्षेत्रफल | |
• महानगर | १९६.४८ किमी२ (७५.८६ वर्ग माइल) |
• महानगर | ३०० किमी२ (१०० वर्ग माइल) |
उन्नतांश | ६४० मिटर (२१०० फिट) |
जनसङ्ख्या (सन् २०१८) | |
• महानगर | ८०३९८३ |
• क्रम | ७९औँ |
• घनत्व | ४१००/किमी२ (११०००/वर्ग माइल) |
• महानगर | १२७९०८३ |
भाषाहरू | |
• आधिकारिक | हिन्दी |
• अतिरिक्त अधिकारी | संस्कृत |
• क्षेत्रीय | गढवाली |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
देहरादुन, देहरादुन जिल्लाको सदर मुकाम हो जो भारतको राजधानी दिल्लीबाट २३० किलोमीटर टाढा दून उपत्यकामा बसेको छ। ९ नोभेम्बर, २००० का दिन उत्तर प्रदेश राज्यलाई विभाजित गरेर जब उत्तराखण्ड राज्यको गठन गरिएको थियो, त्यस समय यसलाई उत्तराखण्ड (तत्कालिन उत्तराञ्चल)को अन्तरिम राजधानी बनाइएको थियो। देहरादुन शहर, शिक्षा, संस्कृति र सौंदर्यको लागि प्रसिद्ध छ। यसको विस्तृत पौराणिक इतिहास छ।
इतिहास
[सम्पादन गर्नुहोस्]देहरादुनको इतिहास धेरै सय वर्ष पुरानो छ। देहरादुनबाट ५६ किलोमीटर टाढा काल्सीको नजिक स्थित शिलालेखबाट यहाँ तेश्रो शताब्दी ईसा पूर्वमा सम्राट अशोक को अधिकार भएको जानकारी पाइन्छ। देहरादुनले पहिले देखी नै आक्रमणकारीहरूलाई आकर्षित गरेको छ। खलीलुल्लाह खानको नेत्वृत्वमा १६५४ मा यहाँ मुगल सेनाले आक्रमण गरेका थिए। सिरमोरको राजा सुभाक प्रकाशको सहायताबाट खान गढवालका राजा पृथ्वी शाहलाई हराउन सफल भए। गद्दीबाट अपदस्त गरिएका राजाले नियमित रूपबाट मुगल बादसाह शाहजहाँ लाई कर तिर्ने गरिरहन्छु भन्ने शर्त कबुल गरेकाले उनलाई पुनः राजगद्दीमा आसीन गरियो। यसलाई १७७२ मा गुज्जरहरूले लूटेका थिए। पृथ्वी शाहका वंशज तत्कालीन राजा ललात्तही शाहकी छोरीको विवाह गुलाब सिंह नामक गुज्जरसँग गरिएको थियो। गुलाब सिंहको पुत्रको नियन्त्रण देहरादुन माथि थियो र उनको वंशज अझैँपनि नगरमा पाइन्छ।
गढवालको राजा ललत शाहको पुत्र प्रदुमन शाहको शासन कालमा रोहिल्ला नजीवको नाती गुलाम कादिरको नेतृत्वमा अफगानहरूको आक्रमण भयो। जसमा उसले गुरू राम रायको अनुयायी र शिष्यहरूलाई मारिदिए। जो मान्छेहरूले हिन्दु धर्म त्याग्ने निर्णय गरे, उनीहरूलाई छोडि दिईयो। तर अन्य मानिसहरूको साथमा धेरै निमर्मतापूर्वक व्यवहार गरियो। सहारनपुरको राज्यपाल र अफगान प्रमुख नजीवुदौल्ला पनि देहरादुनलाई आफ्नो अधिकारमा राख्ने उद्देश्यमा सफल भए त्यसपछि देहरादुन माथि गुज्जर, सिख, राजपूत र गोरखालीहरूको लगातार आक्रमण भयो र यो उपजाउ र सुन्दर भूमि चाडै नै बाँझो स्थलमा बदलियो। १७८३ मा एक सिख प्रमुख बुघेल सिंहले देहरादुन माथि आक्रमण गरे र बिना कुनै ठुलो प्रतिरोधको सहजताबाट यस क्षेत्रलाई जिते। १७८६ मा देहरादुन माथि गुलाम कादिरको आक्रमण भयो। उनले पहिले हरिद्वारलाई लूटे र फेरी देहरादुन माथि ठुलो बिनाश। उनले नगर माथि आक्रमण गरे र त्यसलाई जमेर लूटे तथा पछि देहरादुनलाई बर्बाद गरिदिए। १८०१ सम्म अमरसिंह थापाको नेत्वृत्वमा गोरखालीहरूले दून उपत्यकामाथि आक्रमण गरे र त्यस माथि अधिकार गरे। १८१४ मा नालापानीको लागि अमर सिंह थापाको नाती बलभद्र कुँवरको नेत्वृत्वमा गोरखा र जनरल जिलेस्पीको नेत्वृत्वमा बेलायतीको बीच युद्ध भयो। गोरखालीहरूले यस लडाइँमा जमेर बराबरी गरे र जनरल समेत धेरै बेलायती सेनालाई आफ्नो प्राणबाट हाथ धुनु पर्यो। यस बीच गोरखालीहरूलाई एक असामान्य स्थितिको सामना गर्नु पर्यो र उनीहरूले नालापानीको किल्लालाई छोड्नु पर्यो। १८१५ सम्म गोरखालीहरूलाई हराएर बेलायती शासनले यस पुरै क्षेत्र माथि आफ्नो अधिकार गरे।
देहरादुनको दुई स्मारकहरू प्रसिद्ध छन। (कलंगा स्मारक) को निर्माण बेलायती जनरल जिलेस्पी र उनको अधिकारीहरूको स्मृतिमा गराईएको हो। दोश्रो स्मारक जिलेस्पीसंग टक्कर लिने कैप्टन बलभद्र कुँवर र उनको गोरखाली सिपाहिहरूको स्मृतिमा बनाईएको छ। यो स्मृती कालंगा गढी सहस्त्रधारा सडकमा स्थित छ। घण्टाघरबाट यसको दूरी ४.५ किलोमीटर छ। यसै वर्ष देहरादुन तहसीलको वर्तमान क्षेत्रलाई सहारनपुर जिल्लासँग जोडियो। त्यसपछि १८२५ मा यसलाई कुमाऊँ मण्डल लाई हस्तान्तरित गरियो। १८२८ मा अलग-अलग उपायुक्तको प्रभारका अन्तर्गत देहरादुन र जनसार बवार हस्तान्तरित गरियो र १८२९ मा देहरादुन जिल्लालाई मेरठ खण्डलाई हस्तान्तरित गरियो। १८४२ मा देहरादुनलाई फेरी सहारनपुर जिल्लासंग जोडियो र यसलाई जिलाधीशको अधिनस्थ एक अधिकारीको अधिकार क्षेत्रमा राखियो। १८७१ देखी यो एक अलग जिल्ला भएको छ। १९६८ मा यस जिल्लालाई मेरठ खण्डबाट अलग गरेर गढवाल खण्डसँग जोडियो। देहरादुनको इतिहासको बारेमा विस्तृत जानकारी चंदर रोडमा स्थित स्टेट आर्काइवक्समा छ। यो संस्था ढालानवालामा स्थित छ।
सन् २००० मा उत्तराखण्ड राज्यको स्थापना भएपछि यस शहरलाई उत्तराखण्डको राजधानी बनाइयो।
स्थापना
[सम्पादन गर्नुहोस्]देहरादुनको स्थापना १६९९ मा भएको थियो। भनिन्छ सिखहरूका गुरु रामराय किरतपुर पन्जाबबाट आएर यहाँ बसेका थिए। मुगल सम्राट औरंगजेबले उनलाई केही गाउँ टिहरी नरेशबाट दानमा दिलाई दिएका थिए। यहाँ उनले १६९९ ई. मा मुगल मकबराहरूसँग मिल्दो-जुल्दो मन्दिर पनि बनाउन लगाए जो आजसम्म प्रसिद्ध छ। शायद गुरुको डेरा यस उपत्यकामा भएका कारणले नै यस स्थानको नाम देहरादुन भएको हुनसक्छ। यसका अतिरिक्त एक अत्यन्त प्राचीन किंवदन्तीको अनुसार देहरादुनको नाम पहिले द्रोणनगर भनिन्थ्यो। पाण्डव र कौरवहरूको गुरु द्रोणाचार्यले यस स्थानमा आफ्नो तपोभूमि बनाएका थिए र उनैको नाममा यस नगरको नामकरण भएको थियो। एक अन्य किंवदन्तीका अनुसार द्रोणपत्रको औषधी हनुमानजीले लक्ष्मणलाई शक्तिबाण लाग्दा लंकामा लिएर गएका थिए, त्यो देहरादुनमा थियो, तर वाल्मीकि रामायणमा यस पर्वतलाई महोदय भनिएको छ।[१]
जलवायु
[सम्पादन गर्नुहोस्]देहरादुनको जलवायु समशीतोष्ण छ। यहांको तापमान १६ देखी ३६ डिग्री सेल्सियसको बीच रहन्छ जहां शीतको तापमान २ से २४ डिग्री सेल्सियस को बीच रहन्छ। देहरादुनमा औसत २०७३.३ मिलिमीटर वर्षा हुदछ। अधिकांश वर्षा जून र सेप्टेम्बरको बीच हुदछ। अगस्तमा सबभन्दा धेरै वर्षा हुदछ।
नगरको विषयमा
[सम्पादन गर्नुहोस्]राजपुर मार्गमा वा डालनवालाको पुरानो आवासीय क्षेत्रमा पूर्वी यमुना नहर सडकबाट देहरादुन शुरु हुन्छ। सडकको दुबै किनारामा स्थित चौडा बरामदे र सुन्दर ढालदार छतों वाले छोटे भवन यस शहरको पहिचान हो। यि भवनहरूलाई फलहरूबाट लदिएको रुख वाला बगैँचा बाध्यरूपमा ध्यान आकर्षित गर्दछ। घण्टाघरबाट अगाडिसम्म फैलिएको रंगीन पलटन बाजार यहाँको सर्वाधिक पुरानो र व्यस्त बाजार हो। यो बाजार त्यसबेला अस्तित्वमा आयो जब १८२० मा बेलायती सेनाको टुकडीलाई आउने आवश्यकता पर्यो। आज यस बाजारमा फल, तरकारी, सबै प्रकारको कपडा, तयारी लुगा(रेडीमेड गारमेंट्स) जूता र घरमा प्रत्येक दिन काममा आउने वस्तुहरू पाइन्छ। यसको स्टोर माल, राजपुर सडक सम्म छ जसको दुबै तर्फ विश्वको लोकप्रिय उत्पादहरूको शो रूम छ। अनेक प्रसिद्ध रेस्टुराहरू पनि राजपुर सडकमा छ। केही सानो आवासीय बस्तिहरू जस्तो राजपुर, क्लेमेंट टाउन, प्रेमनगर र रायपुर यस शहरको पारम्परिक गौरव हो।
देहरादुनको राजपुर मार्गमा भारत सरकारको दृष्टिबिहिनहरूको लागि स्थापित पहिलो र एकमात्र राष्ट्रिय स्तरको संस्था राष्ट्रिय दृष्टिबाधित संस्थान (एन.आइ.वी.एच.) स्थित हो। यसको स्थापना १९औँ शताब्दी दसकमा अपाङ्गहरूको लागि स्थापित चार संस्थाहरूको श्रंखलामा भयो जसमा राष्ट्रिय दृष्टिबिहिन संस्थाको लागि देहरादुनलाई चयन गरियो। यहाँ दृष्टिबिहिन बच्चाहरूको लागि स्कूल, कलेज, छात्रावास, ब्रेल पुस्तास्तलय एवं ध्वन्यांकित पुस्तकहरूको पुस्तकालय पनि स्थापित गरिएको छ। यसको कर्मचारी यसको अन्तर्गत रहन्छ यसको अतिरिक्त (तेज यादगार) शार्प मेमोरियल नामक निजी संस्था राजपुरमा छ यो दृष्टि अपंगता तथा कान सम्बन्धि बजाज संस्थान तथा राजपुर सडकमा दोश्रो अन्य संस्थाहरू धेरै राम्रो कामा गरिरहेको छ। उत्तराखण्ड सरकारको एक र नया केन्द्र हो। करूणा विहार, बसन्त विहारमा केही कार्य शुरू गरिएको छ। तथा गहनता साथ बच्चाहरूको लागि कार्य गरिरहेको छ तथा केही नगरको चारै तर्फ केन्द्र छ। देहरादुन राफील रेडरचेशायर अर्न्तराष्ट्रिय केन्द हो। रिस्पना ब्रिज शायर गृह डालनवाला मा छ। जो मानसिक समस्याहरूको लागि कार्य गर्दछ। मानसिक समस्याहरूको लागि काम गर्नको अतिरिक्त राफील रेडरचेशायर अर्न्तराष्ट्रिय केन्द्रले टी.बी र पक्षघातको उपचारको लागि पनि अस्पताल बनाएको छ। अधिकांश संस्थाहरू भारत र विदेशबाट स्वेच्छासंग आउने वालालाई आकर्षित तथा प्रोत्साहित गर्दछ। आवश्यकता विहीनको भनाई छ कि स्वेच्छासंग काम गर्ने वाला यि संस्थाहरूलाई ठीक प्रकारसंग चलाउद छन। तथा अयोग्य, मानसिक समस्या र कम योग्य वाला मानिसहरूलाई व्यक्तिगत रूपबाट चेतना दिन्छन।
देहरादुन आफ्नो पहाड र ढलानहरूको साथ-साथ साईकिलिंगको पनि एक महत्त्वपूर्ण स्थान हो। चारै तर्फ पर्वत र हरियालीबाट घेरिएको कारण यहाँ साईकिलिंग गर्नु धेरै सुखद हुन्छ। लीची देहरादुनको पर्यायवाची हो किनकी यो स्वादिष्ट फल केही निश्चित जलवायुमा नै फल्छ। देहरादुन देशको ति ठाउहरू मध्ये एक हो जहाँ लीची फल्छ। लीचीको अतिरिक्त देहरादूको चारै तर्फ बेर, नाशपत्ती, अम्बक र आपको रुख छ। जो नगरको बनावटलाई घेरेको छ। ये सबै चीजले घाटीको आकर्षणमा वृद्धि गर्दछ। यदि तपाईं मे महिना या जूनको शुरूको गर्मीमा भ्रमणको लागि जानु हुन्छ भने तपाईं यि फलहरूलाई केवल देख्नु हुन्छ मात्रै होइन बरु किन्नु हुन्छ पनि। बासमती चामलको लोकप्रियता देहरादुन र भारतमा मात्र होईन बरु विदेशहरूमा पनि छ। एक समय अङ्ग्रेज पनि देहरादुनमा बस्तथे र त्यो नगरमा आफ्नो प्रभाव छोडेर। उदाहरणको रूपमा देहरादुनको बैकरीज (बिस्कुट आदि) आज पनि यहाँ प्रसिद्ध छ। त्यस समयको अङ्ग्रेजहरूले यहाँको स्थानीय स्टाफलाई सेंक्न (बनाउन) सिकाए। यो निपुणता धेरै राम्रो सिद्ध भयो तथा यो निपुणता अगाडिको सन्तानमा पनि आयो। फेरी पनि देहरादुनको बासिन्दाहरूको लागि यहाँको स्थानीय रस्क, केक, होट क्रोस बन्स, पेस्टिज र कुकीज साथी भाइहरूको लागि सामान्य उपहार हो, कोहि पनि यस्तो बनाउदैन जस्तो देहरादुनमा बन्दछ।
दोश्रो उपहार जो पर्यटक यहाँबाट लिएर जाने काम हुन्छ विख्यात क्वालिटीको टफी जोकि क्वालिटी रेस्टोरेन्ट (राम्रो खालको पसलहरू)बाट प्राप्त हुन्छ। यद्यपि आज ठुलो सङ्ख्यामा दोश्रो पसलहरू (स्टोर)बाट पनि यो टफी पाइन्छ। तर असली टफी आज पनि सर्वोतम छ। देहरादुनमा आन्नदको र धेरै पर्याप्त विकल्प छ। प्रर्याप्त मात्रामा देहरादुनमा दर्शनीय चीजहरू छ जो उनीहरूको लागि प्रकृतिको उपहार हो विशेष रूपबाट देहरादुन देखी मसूरीको मार्ग जो कि पैदल हिड्नेहरूको लागि धेरै लोकप्रिय छ। ति मानिसहरूको लागि जो साधारणबाट माथि केही गर्न चाहन्छन सर्वोतम योग संस्थानहरू मध्ये कुनै एकबाट जोडिनु पर्छ अथवा सलसा सिक्नु।
आवागमन
[सम्पादन गर्नुहोस्]सडक मार्गः देहरादुन देशको विभिन्न भागहरूबाट सडक मार्गसंग जोडिएको छ र यहाँ कुनै पनि ठाउबाट बस या टेक्सीबाट सजिलोसंग पुग्न सकिन्छ। सबै प्रकारको बस, (साधारण र लक्जरी) गान्धी बस स्टेंड जो दिल्ली बस स्टेंडको नामबाट जानिन्छ, यहांबाट खुल्दछ। यहाँ दुई बस स्टैंड छ। देहरादुन र दिल्ली, शिमला र मसूरीको बीच डिलक्स/ सेमी डिलक्स बस सेवा उपलब्ध छ। यो बस क्लेमेंट टाउनको नजदीक स्थित अन्तरराज्यीय बस टर्मिनसबाट चल्दछ। दिल्लीको गांधी रोड बस स्टैंडबाट एसी डिलक्स बस (वोल्वो) पनि चल्दछ। यो सेवा हालमा नै यूएएसआरटीसी द्वारा शुरू गरिएको छ। आईएसबीटी, देहरादुन देखी मसूरीको लागि प्रत्येक १५ देखी ७० मिनटको अन्ततरालमा बस चल्दछ। यस सेवाको सञ्चालन यूएएसआरटीसी द्वारा गरिन्छ। देहरादुन र त्यसको छिमेकी केंद्रहरूको बीच पनि नियमित रूपबाट बस सेवा उपलब्ध छ। यसको छेउछाउको गाँउहरूबाट पनि बस चल्दछ। ये सबै बस परेड ग्राउंड स्थित स्थानीय बस स्टैडबाट चल्दछ।
देहरादुन र केही महत्त्वपूर्ण स्थानहरूको बीचको दूरी तल दिईएको छ:
- दिल्ली - २४० किमी
- यमुनोत्री - २७९ किमी
- मसूरी - ३५ किमी
- नैनीताल - २९७ किमी
- हरिद्वार - ५४ किमी
- शिमला - २२१ किमी
- ऋषिकेश - ६७ किमी
- आगरा - ३८२ किमी
- रुडकी - ४३ किमी
- रेलः देहरादुन उत्तरी रेलवे को एक प्रमुख रेलवे स्टेशन हो। यो भारतको लगभग सबै ठुलो शहरहरूसँग सीधा ट्रेनहरूबाट जोडिएको छ। यस्तो केही प्रमुख ट्रेन हुन- हावडा-देहरादुन एक्सप्रेस, चेन्नई- देहरादुन एक्सप्रेस, दिल्ली- देहरादुन एक्सप्रेस, बांद्रा- देहरादुन एक्सप्रेस, इंदौर- देहरादुन एक्सप्रेस आदि।
- हवाई मार्गः जली ग्रांट विमानस्थल देहरादुनबाट २५ किलोमीटर छ। यो दिल्ली विमानस्थलसंग राम्रोसंग जोडिएको छ। एयर डेक्कन दुबै विमानस्थलको बीच प्रतिदिन वायु सेवा संचालित गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ विभिन्न पत्र पत्रिकामा अपडेट भनाइहरू