धनकुटा नगरपालिका
धनकुटा | |
---|---|
निर्देशाङ्क: २६°५९′०″उ॰ ८७°२०′०″पू॰ / २६.९८३३३°N ८७.३३३३३°Eनिर्देशाङ्कहरू: २६°५९′०″उ॰ ८७°२०′०″पू॰ / २६.९८३३३°N ८७.३३३३३°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा |
नगर पञ्चायत | वि.सं. २०३५ माघ १५[१] |
समावेश गाउँ पञ्चायत | चुलिवन, धनकुटा बजार र निगाले |
सम्मिलित (गाविस) | भिरगाउँ र बेलहरा |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८[२] |
सरकार | |
• नगरप्रमुख | चिन्तन तामाङ (नेकपा (एमाले)) |
• उपप्रमुख | भीमादेवी खनाल (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १११ किमी२ (४३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,९८३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | ५६८०० |
क्षेत्रीय सङ्केत | ०२६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
धनकुटा नेपालको कोशी प्रदेश मा पर्ने धनकुटा जिल्लाको सदरमुकाम तथा नगरपालिका हो।[४] तथा एक नगरपालिका हो। नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको यो नगरपालिका धनकुटा जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। पूर्वी नेपालको सुन्दर नगरी धनुकटा राणाकालदेखि नै धनकुटा गौँडा भई प्रसिद्धि पाएको थियो।[५]
नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन धनकुटा बजार, निगाले र चुलिवन गाउँ पञ्चायत मिलाएर धनकुटा नगर पञ्चायत बनाएको थियो। यो नगर धनकुटा जिल्लाकै पहिलो नगरपालिका समेत हो।[६] धनकुटालाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन भिरगाउँ तथा बेलहरा गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।[७]
पुरानो इतिहास बोकेको यस नगरको उत्तरतिरका जिल्लाहरू भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायत धनकुटा जिल्लाका प्रायः सबै गाउँपालिका तथा नगरपालिकाहरूको लागि यो नगरले व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ।[८][९][१०]
नगर प्रशासन इतिहास
[सम्पादन गर्नुहोस्]क्षेत्रीय विकासमा सन्तुलन ल्याउने उद्देश्यले वि.सं. २०२९ सालमा नेपाललाई चार विकास क्षेत्रहरूमा विभाजन गरिएपछि धनकुटा नगरपालिका रहेको क्षेत्र पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामका रूपमा विकास भएको हो। यस क्षेत्रको जनसङ्ख्या वृद्धि हुँदै गई तत्कालीन नगर पञ्चायत बन्नका लागि आवश्यक पूर्वाधारहरूमसमेत तयार भएकाले तीनवटा गाउँ पञ्चायतहरू चुलिवन, धनकुटा बजार र निगालेलाई मिलाएर वि.सं. २०३५ साल माघ १५ गते यसलाई तत्कालीन सरकारले नगर पञ्चायत घोषणा गरेको थियो।[१] पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[११] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले धनकुटा स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[१२][१३]
नगर प्रमुखहरू
[सम्पादन गर्नुहोस्]वि.सं. २०३५ सालको नगर पञ्चायत चुनावमा मोहनप्रसाद पोखरेल[१४] प्रधानपञ्च र शेरबहादुर गोङ्वा उपप्रधानपञ्चमा छानिएका थिए। यस्तै वि.सं. २०३९ सालको चुनावमा मोहनप्रसाद पोखरेल पुनः प्रधानपञ्चमा र इन्द्रमणि श्रेष्ठ उपप्रधानमञ्च भएका थिए। वि.सं. २०४३ सालको चुनावमा राजेन्द्रबहादुर प्रधान प्रधानपञ्चमा र पावित्री राई उपप्रधानपञ्चमा निर्वाचित भएका थिए।
वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि.सं. २०४९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट सुशीलकुमार कर्माचार्य र हेमबहादुर तामाङ क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए। यसै प्रकार वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वाङ्दी लामा र जीवप्रसाद पोखरेल क्रमशः प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका थिए।[१५] वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका चिन्तन तामाङ नगर प्रमुख पदमा निर्वाचित भएका थिए भने नेकपा एमालेकी भीमादेवी खनाल नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[१६]
नामकरण
[सम्पादन गर्नुहोस्]धनकुटाको नामकरणका सम्बन्धमा विभिन्न भनाई रहेको छ जसमध्ये एक स्थानीय भनाई अनुसार यस क्षेत्रको दुवैतिर अग्ला डाँडाहरूलाई धान कुट्ने ढिकीको खम्बा र पोखरीलाई ओखल जस्तो देखिने भएकाले मानिसहरूले यसलाई धान कुट्ने ठाउँ पो रहेछ यसलाई धानकुटा भन्नुपर्छ भनेर भन्दै जाँदा यही कालान्तरमा धनकुटामा परिणत भएको हो। यस्तै सत्रौँ शताब्दीअघि धनकुटाको अस्तित्व नभए पनि नेपाल-तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरूलाई खाद्यान्न तराईबाट सिमानासम्म लैजान धेरै टाढा भएकाले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकाले धानकुटा भन्न थालिएको र त्यही नाम पछि गएर धनकुटामा परिणत भएको जनश्रुतिहरू पाइन्छ।[६]
हावापानी
[सम्पादन गर्नुहोस्]भौगोलिक दृष्टिकोणले १११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा रहेकाले यस नगरको उचाइ, तापक्रम, वर्षा, वनस्पति तथा कृषि प्रणालीमा ठूलो विषमता रहेको देखिन्छ। समुद्री सतहबाट २ सय ५० देखि दुई हजार १ सय ४४ मिटरसम्मको उचाइ, दुई डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियससम्म तापक्रम र औसत १२०० मिलिमिटरसम्म पानी पर्छ। यस नगरमा समशीतोष्ण र शीतोष्ण प्रकारको हावापानी पाइन्छ। यहाँका प्रमुख नदीनालाहरूमा तमोर नदी, ताङखुवा खोला, पात्ले खोला, निबुवा खोला, सिस्ने खोला र ठोका खोला छन्।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]कोशी प्रदेश स्थित धनकुटा जिल्लाका साविक भिरगाउँ र बेलहरा गाविसहरूलाई मिलाएर वि.सं. २०७१ सालमा धनकुटा नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनकुटा नगरपालिकाको कुल जनसङ्ख्या ३५,९८३ रहेको छ भने यहाँ ९,६३७ घरधुरी रहेका छन्।[३]
सिमा र बसोबास
[सम्पादन गर्नुहोस्]यस नगरको पूर्वमा छथर जोरपाटी गाउँपालिका, पश्चिममा सहिदभूमि गाउँपालिका, उत्तरमा पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिका तथा दक्षिणमा साँगुरीगढी गाउँपालिका पर्दछ। धनकुटा नगरपालिकाका विशेषता भनेको ऐतिहासिक धनकुटा गौंडा, सल्लेरी वन, बिहीबारे साप्ताहिक हाट बजार, ऐतिहासिक बाउन्न ढोके दरबार, श्रीपञ्चमी पार्क, थामडाँडा, चुलिवन, टुँडिखेल र धरहरा ऐतिहासिक भाषा स्कूल र ऐतिहासिक गोकुण्डेश्वर स्कूल, निशान भगवती, गुराँसे र नारायणी टी स्टेट, क्षेत्रीय सङ्ग्रहालय र पर्यटकीय तथा व्यापारिक स्थल मानिएको हिले बजार छन्। यस नगरमा ब्राह्मण, क्षेत्री, नेवार, राई, लिम्बु, मगर, आठपहरिया, तामाङ, शेर्पा, दमाई, कामी, सार्की जातिहरू बसोबास गर्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "नगर पञ्चायत ऐन २०१९ बमोजिम दाङ जिल्ला अन्तर्गत त्रिभुवन नगर पञ्चायतक्षेत्र घोषित गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३५ माघ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "धनकुटा गौंडाको विभिन्न नाम र काम", धनकुटा न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१३। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१३ मिति
- ↑ ६.० ६.१ "जिल्ला पार्श्व चित्र" (नेपालीमा), जिसस, धनकुटा, नेपाल सरकार, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ सुवेदी, अर्जुन, "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१२।
- ↑ "यसरी नमुना बन्यो धनकुटाको ऐतिहासिक टुँडिखेल", प्रदेश पोर्टल (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१२ मिति
- ↑ सुवेदी, विदुर (२०१७-१२-१८), "धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु", सङ्गालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१२।
- ↑ "प्रदेश राजधानी धनकुटा हुनुपर्ने भन्दै आज पनि प्रधानमन्त्री निवासमा धर्ना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१३।
- ↑ "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०।
- ↑ "श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान २०४७ बक्सेको घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ कार्तिक २३, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १।
- ↑ "मेचीदेखि महाकाली" (नेपालीमा), श्री ५ सरकार सूचना मन्त्रालय, सन् १९७५, अन्तिम पहुँच २०२२-०२-१५।
- ↑ "श्री ५ महाराजधिराज तथा श्री ५ बडामहारानी सरकारबाट पूर्वाञ्चल विकासक्षेत्रको अनौपचारिक भ्रमण" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३९ माघ १४, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२८ मिति
- ↑ "धनकुटा नगरपालिकाका पूर्वमेयरको निधन", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१३।
- ↑ "धनकुटा नगरमा एमालेको जित, चिन्तन तामाङ भए मेयर", अनलाइन खाबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१३।