त्रिशूल हिमाल
स्वरूप
त्रिशूल | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ७,१२० मी (२३,३६० फिट)[१][२] |
प्रमुखता | १,६१६ मी (५,३०२ फिट)[३] |
सूची | अल्ट्रा |
निर्देशाङ्क | ३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°Eनिर्देशाङ्कहरू: ३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°E[१] |
भूगोल | |
स्थान | बागेश्वर, उत्तराखण्ड, भारत |
हिमशृङ्खला | कुमाउँ हिमशृङ्खला |
आरोहण | |
पहिलो आरोहण | १२ जुन १९०७ मा टोम लङस्टाफ, ए. ब्रोसेरल, एच. ब्रोसेरल, करबिर[४] |
सबैभन्दा सजिलो मार्ग | उत्तरी ढलान वा उत्तरपूर्वी मोहडा: हिउँको चढाइ |
त्रिशूल हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमालको समान खालका तिनवटा चुचुरा भएको हुनाले हिन्दु देवता शिवको हतियार त्रिशूलको नामबाट यसको नामाकरण भएको हो।
विबरण
[सम्पादन गर्नुहोस्]त्रिशूल हिमालका तिनवटा चुचुराहरूलाई त्रिशूल प्रथम, त्रिशूल द्वितिय तथा त्रिशूल तृतिय नामाकरण गरिएको छ। तिन शिखर मध्ये सबैभन्दा अग्लो त्रिशूल प्रथमको उचाइ ७,१२० मी (२३,३६० फिट) रहेको छ।
त्रिशूल हिमालका तिनवटा चुचुराहरू;
त्रिशूल प्रथम | ७,१२० मी (२३,३६० फिट) |
त्रिशूल द्वितिय | ६,६९० मी (२१,९४९ फिट) |
त्रिशूल तृतिय | ६,००७ मी (१९,७०८ फिट) |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ H. Adams Carter, "Classification of the Himalaya", American Alpine Journal, 1985, p. 137.
- ↑ Some sources give ७,१७२ मी (२३,५३० फिट).
- ↑ "High Asia I: The Karakoram, Pakistan Himalaya and India Himalaya (north of Nepal)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८।
- ↑ Jill Neate, High Asia: An Illustrated History of the 7000 Metre Peaks, आइएसबिएन ०-८९८८६-२३८-८.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- This My Voyage - टोम लङस्टाफ
- Across Peaks and Passes of Kumaun Himalayas - हरिष कपाडिया.
विकिमिडिया कमन्समा त्रिशूल हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।